PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

त्रिशूली बस दुर्घटनाका घाइतेको तत्काल उद्धार र उपचार गर्न प्रधानमन्त्रीले दिए निर्देशन



पहिलोपोस्ट

त्रिशूली बस दुर्घटनाका घाइतेको तत्काल उद्धार र उपचार गर्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं : आज बिहान त्रिशूलीमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'ले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।
  
दुर्घटनामा परी निधन भएका नागरिकप्रति दुःख व्यक्त गर्दै उनले घाइतेको तत्काल उद्धार गर्न चितवन प्रशासनलाई निर्देशन दिएका हुन्।
 
रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको बस नारायणग-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको चण्डीभञ्ज्याङ गाविसको कालीखोलामा दुर्घटनामा परेको थियो। घटनामा २१ यात्रुको मृत्यु भएको प्रहरीको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell