PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

पाँच फोटोमा हेर्नुस् शितल निवासमा १३ मन्त्रीको शपथ ग्रहण, सबैले लिए ईश्वरको नाममा शपथ

पाँच फोटोमा हेर्नुस् शितल निवासमा १३ मन्त्रीको शपथ ग्रहण, सबैले लिए ईश्वरको नाममा शपथ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन्।

सबै मन्त्री कांग्रेसका भएकाले सबैले ईश्वरका नाममा शपथ लिएका हुन्। कम्युनिस्ट मन्त्रीहरुले पनि ईश्वरको नाममा शपथ लिने गर्दैनन्। 
  
पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा यसअघि नै कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक सहभागी भइसकेका छन्। पार्टीको आन्तरिक विवादका कारण मन्त्री पठाउन ढिलाइ गरेको कांग्रेसले हिजो बेलुका मात्र सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको टुङ्गो लगाएको थियो। 

यसअघि रामचन्द्र पौडेल पक्षधरले पाँच मन्त्रालय नपाए सरकारमा आफ्नो पक्षबाट मन्त्री नपठाउने भन्दै विरोध गरेपछि सभापति शेरबहादुर देउवा अप्ठेरोमा परेका थिए। सरकारमा कांग्रेसको नेतृत्व गर्दै गएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डसित १५ मन्त्रालयमा सहमति गरेपछि कांग्रेसलाई मन्त्रीको भागबण्डा गर्न सहज भएको हो। 

आज सपथ लिएका मन्त्री र तिनले सम्हाल्ने मन्त्रालय

शेरबहादुर देउवा (संस्थापन) पक्ष
डा प्रकाशशरण महत - परराष्ट्र
बालकृष्ण खाँड - रक्षा
सूर्यमान गुरुङ - श्रम तथा रोजगार
अर्जुननरसिंह केसी - सहरी विकास
केशवकुमार बुढाथोकी - सामान्य प्रशासन
जीवनबहादुर शाही - पर्यटन

रामचन्द्र पौडेल पक्षधर
दीपक गिरी - सिँचाइ
रोमी गौचन थकाली - वाणिज्य तथा आपूर्ति
सीतादेवी यादव - शान्ति तथा पुनर्निमाण
हृदयराम थानी - सहकारी तथा गरिबी निवारण
नवीन्द्रराज जोशी - उद्योग 

कृष्ण सिटौला पक्ष
गगन थापा - स्वास्थ्य

खुमबहादुर खड्का पक्ष
शंकर भण्डारी - वन 

 


ट्रेन्डिङ पोस्ट

Ncell