काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा मङ्गलादेवीको ठूलो योगदान रहेको बताएका छन्।
नेपाल महिला सङ्घकी संस्थापक नेता मङ्गलादेवी सिंहको २० औं स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको उनको शालिकमा माल्यार्पण गर्दै सिंहले यस्तो बताएका हुन्।
जहानियाँ राणा शासनविरुद्ध मंगलादेवीले खेलेको भूमिका प्रशंसनीय रहेको सिंहले बताए। 'महिलाको हकहितका निम्ति राणाशासक विरुद्ध लड्नु आफैंमा जोखिमपूर्ण काम रहे पनि उहाँले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभयो,' नेता सिंहले भने।
महिला सङ्घकी संस्थापक नेता मंलगादेवीको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।