PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

रोजर फेडेरर र राफेल नाडालले एकै टीमबाट टेनिस खेल्ने



पहिलोपोस्ट

रोजर फेडेरर र राफेल नाडालले एकै टीमबाट टेनिस खेल्ने

गएको एक दशक स्विट्जरल्याण्डका रोजर फेडेरर र स्पेनका राफेल नाडालले टेनिसमा एकछत्र राज गरे। फेडेरर सर्वाधिक १७ पटकको ग्राण्ड्सलाम विजेता हुन् भने नाडालले १४ पटक जितिसकेका छन्।
 
यी दुई खेलाडीले एकापसमा ३४ पटक भिडे। यी दुई खेलाडीबीच भएको प्रतिस्पर्धाले पनि निकै चर्चा पायो।
 
तर अब फेडेरर र नाडाल एटै टीमबाट टेनिस खेल्दैछन्।
 
विश्व टेनिसका दुई हस्तीले अब एउटै टीमबाट खेल्ने भएका हुन्। टेनिसकै अर्का महान् खेलाडी रोड लेभरको सम्मानमा सुरु गर्न लागिएको लेभर कपमा उनीहरु एकै टीममा देखिनेछन्। सन् २०१७ को सेप्टेम्बरमा हुने उक्त प्रतियोगितामा यी दुई खेलाडीले डबल्सतर्फ प्रतिस्पर्धा गर्ने भएका छन्।
 

के हो लेभर कप?

११ पटकका ग्राण्ड्सलाम च्याम्पियन रोड लेभरको सम्मानमा लेभर कपको सुरुवात गर्न लागिएको हो।
 
यसमा दुई टीम हुनेछन्। एउटा युरोपियन राष्ट्रको अर्को बाँकी विश्वको।
 
सुरुवाती तीन वर्ष सन् १९७० का उत्कृष्ट खेलाडी विजोन बर्ग र जोन म्याकनरले दुई टीमको कप्तानी सम्हाल्नेछन्। युरोपियन टीमको नेतृत्व वर्ग र बाँकी विश्वको नेतृत्व म्याकनरले गर्नेछन्।
 
दुवै टीममा ६/६ जना खेलाडी हुनेछन्। जसमा चार खेलाडी एटिपी वरियताको शीर्ष स्थामा रहने चार खेलाडी हुनेछन् भने बाँकी दुई खेलाडी कप्तानले छान्न पाउनेछन्।
 
तीन दिसम्म सञ्चालन हुने प्रतियोगिता सन् २०१७ सेप्टेम्बर २२ देखि २५ सम्म हुनेछ। पहिलो संस्करणको प्रतियोगिता चेक गणतन्त्रको प्रागस्थित ओ टु एरेनामा हुनेछ। वर्षको चौथो तथा अन्तिम ग्राण्ड्सलाम टेनिस युएस ओपन सम्पन्न भएको दुई सातापछि लेभर कप आयोजना गरिनेछ। तर ओलम्पिक आयोजना भएको वर्ष भने यस प्रतियोगिता हुनेछैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell