
काठमाडौं : बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमाथि फिल्म बन्ने भएको छ।
राजकुमार हिरानीको निर्देशनमा बन्न लागेको बायो-फिल्ममा आमिर खान रणवीर कपुरको पिताको भूमिकामा देखिने खबर सार्वजनिक भएको छ।आमिरलाई सो भूमिकाको लागि अफर गरिए पनि उनले स्वीकार गरिनसकेको भारतीय अनलाइन कोइमोइले जनाएको छ।
आमिरले स्क्रिप्ट र कन्सेप्ट मनपरेको खुलाए पनि रणवीरको पिताको भूमिकामा काम गर्ने/नगर्नेबारे निर्णय दिइसकेका छैनन्।
दत्तको बायोपिक यो वर्षको अन्त्यमा सुटिङको लागि फ्लोरमा जानेछ। हिरानीको निर्देशनमा आमिरले यसअघि 'पिके', 'थ्री इडियट्स' जस्ता हिट फिल्ममा काम गरिसकेका छन्।