PahiloPost

Dec 23, 2025 | ८ पुष २०८२

निःशुल्क टिकट र प्रवेशाज्ञाको विवादबारे अध्ययन थाल्छु : श्रममन्त्री गुरुङ



पहिलोपोस्ट

निःशुल्क टिकट र प्रवेशाज्ञाको विवादबारे अध्ययन थाल्छु : श्रममन्त्री गुरुङ

काठमाडौं : नवनियुक्त श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मन्त्रालयलाई मर्यादित र व्यवस्थित बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताएका छन्।
  
मन्त्रालयमा पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री गुरुङले इमान्दारीतापूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिँदै त्यसमा आफ्नो सहयोग हुने प्रष्ट पारे।
 
वैदेशिक रोजगारको क्षेत्रमा निःशुल्क टिकट र प्रवेशाज्ञाको विषय विवादमा रहेको आफूले जानकारी पाएको भन्दै उनले यसबारे अध्ययन गरेर मात्रै निर्णय लिने उनको भनाइ छ।
  
देशभित्रै रोजगारी सिर्जना गर्न तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कार्य आफ्नो प्राथमिकतामा रहेको उनले बताए।
 
ताप्लेजुङबाट समानुपातिकमा सांसद भएका गुरुङले यसअघि २०६९ मा बाबुराम भट्टराई नेतृत्वको सरकारमा समेत सामान्य प्रशासनमन्त्री र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको रुपमा काम गरिसकेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell