PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

सुदूरपश्चिमका लागि विशेष काम गर्छु : पर्यटन मन्त्री शाही



पहिलोपोस्ट

सुदूरपश्चिमका लागि विशेष काम गर्छु : पर्यटन मन्त्री शाही

काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास र हवाई सञ्जाल विस्तार गरिने बताएका छन्।
 
सिंहदरबारमा आज पद बहालीपछि मन्त्रालय मातहत निकायका कर्मचारीलाई निर्देशन दिँदै शाहीले पारदर्शी ढङ्गले परिणाममुखी काम गर्न आग्रह गरे।

उनले पर्यटन प्रवर्द्धनका लागि पूर्वी भेगमा जति गतिविधि छन्, त्यसको तुलनामा पश्चिम र सुदूरपश्चिम पछि परेको भन्दै नीतिगत सुधारसहित पूर्वाधार विकास र हवाई सेवाको पहुँचका लागि काम गर्ने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell