PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

त्रिशूली बस दुर्घटना अपडेट : २२ मृतकमध्ये १७ को पहिचान, चालक पनि मृत अवस्थामा फेला परे



सविन ढकाल

त्रिशूली बस दुर्घटना अपडेट : २२ मृतकमध्ये १७ को पहिचान, चालक पनि मृत अवस्थामा फेला परे

काठमाडौं : आज बिहानै त्रिशूलीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २२ पुगे पनि १७ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ।
 
रौतहटबाट पोखरा गुडेको ग १ ख ३७०९ नम्बरको बस मुग्लिङ-नारायणघाट सडकको चण्डी भन्ज्याङनजिकै दुर्घटनामा बिहान साढे ३ बजे दुर्घटनामा परेको थियो।
 
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले यो समाचार तयार पार्दासम्म २२ मृतकमध्ये १७ जनाको मात्र सनाखत भएको जनाएको छ। सनाखत भएकाहरुमा चालक पनि छन्।
 
बसमा सहचालक समेत ४२ जना यात्रु रहेका थिए। गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट ७ जना यात्रु चढेको जानकारी छ। बीचमा चढे-झरेको बारे खुलिनसकेको चितवन ट्राफिक प्रहरी प्रमुख राजन भेट्वालले पहिलोपोस्टलाई बताए।
 
गाडीमा सवार यात्रुहरुले एकै जनाको नाममा ४ देखि ५ जनाको टिकट काटेकाले मृतकको सनाखत हुन समस्या भएको हो,' उनले भने। लामो तथा छोटो दूरीका सवारीले यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने नियम भए पनि अहिले केही सवारीले टिकट नदिँदा यस्तो समस्या हुने गरेको छ।
 
​दुर्घटनामा १६ जना घाइते भएको प्रहरीको भनाइ छ। अझै पनि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले खोजी कार्य तीव्र बनाएका छन्।
 

सनाखत भएकाहरु

  • चालक लोकबहादुर पौडेल, पोखरा
  • राजेशप्रसाद यादव, रौतहट, मुडवेलुवा
  • चितरञ्जन यादव, रौतहट, मुडवेलुवा
  • राजेश यादव, रौतहट, लौकाहा
  • गणेशकुमार शाह, रौतहट, वसन्तपुर
  • बृजकेशरी कुसवाह, रौतहट
  • जोकु शाह, रौतहट
  • जोगेन्द्र गिरी, रौतहट
  • प्रमोद राम, रौतहट
  • रामसागर भगत, रौतहट
  • कामेश्वरप्रसाद शाह
  • चित्रबहादुर बोहोरा
  • शेष सहजित आलम
  • सचिन्द्रप्रसाद यादव
  • सन्ध्या श्रीवास्तव
  • यकन ठाकुर, भारतीय नागरिक
  • शंकर ठाकुर, भारतीय नागरिक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell