PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

राष्ट्रिय सोतोकान कराते शनिबारबाट, २१ स्वर्णका लागि ३२५ खेलाडी भिड्दै



पहिलोपोस्ट

काठमाडौं : राष्ट्रिय सोतोकान कराते प्रतियोगिता २०७३ आयोजना हुने भएको छ।
 
नेपाल सोतोकान कराते संघ र न्युटन हाइस्कलुको संयुक्त आयोजनामा शनिबारदेखि प्रतियोगिता हुन लागेको हो। दुई दिनसम्म चल्ने प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी, विभिन्न डोजो एवं विद्यालयहरुबाट खेलाडीको सहभागिता रहनेछ।
 
प्रतियोगितामा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि कुल ३२५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जसमा पुरुषतर्फ २१६ र महिलातर्फ १०९ खेलाडी खेलाडी रहेका छन्।
 
कुल २१ क्याटेगोरीमा खेलाइने प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ १० क्याटेगोरी रहेको छ।
 
उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी सहित प्रथम, दोस्रो र तेस्रो हुनेलाई पनि पदक प्रदान गरिने आयोजकले जनाएको छ।
 
यस्तै प्रतियोगिताको अवसरमा अन्तर्राष्ट्रिय पदक जितेका कराते खेलाडी र विभिन्न उच्च ओहोदामा पुगेका कराते खेलाडी मध्येबाट ६ जनालाई सम्मान, १९ जनालाई ब्ल्याक बेल्ट र प्रमाणपत्र, ९ जनालाई सेकेण्ड डान र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ।
 
२०५४ सालमा स्थापना भएको नेपाल सोतोकान कराते संघले राष्ट्रिय स्तरमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागे पनि यसअघि इन्डो नेपाल प्रतियोगिता लगायत आयोजना गरिसकेको संघका अध्यक्ष हेमकुमार श्रेष्ठले बताए।
 
यसै प्रतियोगिता मार्फत एसियन च्याम्पियनसिप र वर्ल्ड च्याम्पियनसिप खेल्न जाने खेलाडीहरुको छनोट गरिने समेत संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रामबहादुर केसीले बताए। न्युटन हाइस्कुलका प्रिन्सिपल समेत रहेका केसीले मंसिरमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने आफूहरुको लक्ष्य रहेको जानकारी गराए।
 
यस्तै आगामी नोभेम्बरमा भारतमा हुने प्रतियोगितामा सहभागी खेलाडी पनि यही प्रतियोगिताबाट छनोट गरिने आयोजकले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell