PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

'उमेर पुग्यो बैंस चढ्यो, कति बसौं माइत'



पहिलोपोस्ट

'उमेर पुग्यो बैंस चढ्यो, कति बसौं माइत'

इटहरी : पूर्वेली गायिका सुनिता कटवालले यस वर्ष पनि तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएकी छन्।
 
इटहरीलाई कर्मथलो बनाँउदै आएकी उनले यो तीज लक्षित आफ्नै शब्द र स्वरमा 'उमेर पुग्यो बैंस चढ्यो कति बसौं माइत, यो साल त शिवजी जुराइदेउन साइत' बोलको तीज ल्याएकी हुन्।
 
लोक भाकाको उक्त गीतमा बलराम समालको संगीत रहेको छ। अघिल्लो वर्ष पनि दर्शकस्रोताबाट राम्रो प्रतिक्रिया पाएकाले हौसला बढेको सुनिताले बताइन्।
 
न्यु बज्जु क्रिएसनको छयाकंन र सम्पादनमा आएको भिडियोमा सविता परियारको कोरियोग्राफी छ। गीत इटहरीको पाथिभरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
 
भिडियोको मुख्य भूमिकामा कोरियोग्राफर परियार र अस्मिता कोइराला रहेका छन्। पप आधुनिक विधाका गीत गाउँदै आएकी सुनिताले पछिल्लो समय लोकभाका पनि गाइरहेकी छिन्। गर्त वर्ष उनले दुई वटा तीज गीत बजारमा ल्याएकी थिइन्।
 
हेर्नुस् गीतको भिडियो-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell