PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

'श्रीमानसँग किन हिँडेको?' भन्दै छुरा हान्दा युवतीको मृत्यु, श्रीमान् घाइते



पहिलोपोस्ट

दमक : आफ्नो श्रीमानको साथमा हिँडेको भन्दै छुरा प्रहार गर्दा एक युवतीको मृत्यु भएको छ।
 
'मेरो श्रीमानसँग किन हिँडेको' भन्दै झापाको तोपगाछीस्थित केर्खामा रिता लिम्बुले ती युवतीमाथि गएराति छुरा हानेकी थिइन्। घाइते उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारक्रममा आज बिहान मृत्यु भएको हो। मृत्यु हुनेमा तोपगाछी-७ केर्खाकी २४ वर्षीया सुनिता राई रहेकी छिन्।
 
रिताले श्रीमानसहित ती युवतीमाथि अन्धाधुन्ध छुरा प्रहार गरेकी थिइन्। छुरा प्रहारबाट घाइते उनका श्रीमान् धनबहादुरलाई भने लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
 
अभियुक्त रितालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell