PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

जर्मन बुण्डेसलिगा : लेवान्डोस्कीको ह्याट्रिक, वायर्नले वेडर ब्रेमनलाई ६-० ले हरायो



पहिलोपोस्ट

जर्मन बुण्डेसलिगा : लेवान्डोस्कीको ह्याट्रिक, वायर्नले वेडर ब्रेमनलाई ६-० ले हरायो

जर्मन बुण्डेसलिगा सिजनको पहिलो खेलमै रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेका छन्। उनैको ह्याट्रिक मद्दतले उद्घाटन खेलमा वायर्न म्युनिखले वेडर ब्रेमनलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ।
 
घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलको नवौं मिनेटमै जाभी अलोन्सोले भलीमार्फत गोल गर्दै वार्यनलाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि लेवान्डोस्कीले पहिलो गोल गरे।
 
पहिलो हाफमा २ गोलको अग्रता बनाएको वायर्नले दोस्रो हाफमा एकपक्षीय प्रदर्शन गर्दै ४ गोल थप्यो।
 
दोस्रो हाफको सुरुवातमै लेवान्डोस्कीले वायर्नका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे।
 
६६ औं मिनेटमा कप्तान फिलिप लाहमले वायर्नका लागि चौथो गोल गरे। ७३ औं मिनेटमा फ्रान्क रिवेरीले गोल गर्दै वायर्नलाई ५-० को अग्रता दिलाए।

७७ औं मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे भने वायर्नले ६-० को अग्रता बनायो। त्यसपछि थप गोल नहुँदा वायर्नले ६-० को जित निकाल्दै सुरुवाती ३ अंक जोड्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell