
प्रिमियर लिग अन्तर्गत आज तेस्रो चरणका ८ खेल हुँदैछन्। पहिलो खेलमा नेपाली समयअनुसार साँझ सवा ५ बजे टोटनहम हट्सपर र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ।
लिभरपुलको लागि नयाँ सिजका यो तेस्रो अवे खेल हो। यसअघि पहिलो खेलमा आर्सनललाई उसैको मैदानमा ४-३ ले पराजित गरेको लिभरपुल दोस्रो खेलमा बर्नलेसँग २-० ले हारेको थियो।
टोटहमको मैदानमा हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। पहिलो खेलमा एभरटनसँग बराबरी खेलेको टोटनहमले दोस्रो खेलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको थियो।
नेपाली समयअनुसार बेलुका पौने ८ बजे ६ खेल हुँदैछन्। जसअन्तर्गत चेल्सीले घरेलु मैदानमा बर्नलेसँग खेल्नेछ भने आर्सनलले वाटफोर्डको भ्रमण गर्नेछ।
सिजनको पहिलो जितको खोजीमा रहेको डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीले घरेलु मैदानमै स्वान्से सिटीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै एभरटनले स्टोक सिटीसँग, क्रिस्टल प्यालेसले एफसी बर्नमाउथसँग, साउदह्याम्पटनले सण्डरल्याण्डसँग खेल्नेछ।
राती सवा १० बजे हुने एक मात्र खेलमा म्यानचेष्टर युनाइटेड र हल सिटी भिड्नेछन्। खेल हल सिटीको घरेलु मैदानमा हुनेछ। युनाइटेड र हलले यसअघिका दुवै खेलमा शतप्रतिशत जित हात पारेका छन्।