PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

प्रिमियर लिग : टोटनहम र लिभरपुलले बराबरी खेले



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहम र लिभरपुलले बराबरी खेले

प्रिमियर लिग अन्तर्गत तेस्रो चरणको पहिलो खेलमा टोटनहम हट्सपर र लिभुरपुलले बराबरी खेलेका छन्।

टाटेनहमको घरेलु मैदानमा भएको खेलमा १-१ को बराबरी खेल्दै दुवै टीमले १/१ अंक बाँडेका हुन्।

पहिलो हाफमा एक गोलले पछि परेको टोटनहमले दोस्रो हाफमा बराबरी गोल फर्काउँदै लिभरपुलसँग अंक खोसेको हो।

४३ औं मिनेटमा पेनाल्टीमा जेम्स मिलनरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। तर दोस्रो हाफमा टोटनहमले बराबरी गोल फर्कायो। ७२ औं मिनेटमा टोटनहमका डानी रोसले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याअए।
  
जारी लिगमा टोटनहमको यो दोस्रो बराबरी हो भने लिभरपुलको पहिलो बराबरी हो।

बराबरीपछि अपराजित रहेको टोटनहमले ३ खेलबाट ५ अंक जोडेको छ। पाँचौ स्थानमा छ। 

यता लिभरपुलले भने यसअघि एक खेलमा जित र एकमा हारको नतिजा आत्मसाथ गरेको थियो। टोटनहमसँग बराबरीपछि लिभरपुलको ३ खेलबाट ४ अंक भएको छ र आठौं स्थानमा छ।
 
प्रिमियर लिग अन्तर्गत आज राति पौने ८ बजे ६ खेल हुँदैछन् भने सवा १० बजे एक खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell