PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

रासफोर्डले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर युनाइटेड विजयी, लेस्टरको पहिलो जित



पहिलोपोस्ट

रासफोर्डले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर युनाइटेड विजयी, लेस्टरको पहिलो जित

प्रिमियर लिगमा शनिबार भएको तेस्रो चरणका खेलहरुमा ठुला क्लबहरु विजयी भएका छन्। जसमा जोसे माउरिन्होको म्यानचेष्टर युनाइटेडले जित हात पार्न अन्तिम समयसम्म कुर्नुपर्यो। 

सब्सिच्युट खेलाडी मार्कोस रासफोर्डले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि म्यानचेष्टर युनाइटेडले हल सिटीलाई १-० ले हरायो। रासफोर्ड ७१ औं मिनेटमा हुवाँ माटाको स्थानमा मैदान प्रवेश गरेका हुन्।

जितसँगै रेड डेभिल्सले नयाँ सिजनको तीन वटै खेलमा शतप्रतिशत नतिजा हात पारेको छ। युनाइटेडले यसअघि एएफसी बर्नमाउथ र साउदह्याम्पटनलाई पराजित गरेको थियो। 

यता हल सिटीले भने पहिलो हार बेहोरेको छ। हलले यसअघि लेस्टर सिटी र स्वान्से सिटीलाई हराएको थियो।

शतप्रतिशत नतिजा हात पार्ने क्रममा चेल्सीले बर्नलेलाई ३-० ले हरायो। चेल्सीको सहज जितमा एडेन हाजार्ड ब्रानिस्लाभ इभानोभिच र भिक्टो मोसेसले एक एक गोल गरे।

नयाँ सिजनमा युनाइटेड र चेल्सीले मात्र शतप्रतिशत जित हात पारेका छन्।

लेस्टर र आर्सनलको पहिलो जित
साविक विजेता लेस्टर सिटी र साविक उपविजेता आर्सनललले पनि नयाँ सिजनमा पहिलो जित हात पारेको छ। 

नयाँ सिजनको पहिलो चरणमा हारे बेहोरेका लेस्टर र आर्सनलले दोस्रो चरणमा एकआपसमा गोलरहित बराबरी खेलेका थिए। तेस्रो चेरणमा लेस्टरले स्वान्से सिटीलाई २-१ पराजित गरेको छ। लेस्टरको जितमा जेमी भार्डी र कप्तान वेस मोर्गनले गोल गरे। तर रियाद मेहरेज भने पेनाल्टीमा गोल गर्न चुके। स्वान्सेका लागि लेरोए फेरले सान्त्वना गोल फर्काए। 


अर्को खेलमा आर्सनलले वाटफोर्डलाई उसैको मैदानमा ३-१ ले हरायो। आर्सनलको जितमा सान्टी काजोर्ला, एलेक्सिस सान्चेज र मेसुट ओजिल एक एक गोल गरे। वार्टफोर्डका लागि रोवर्ट पेरेराले सान्त्वना गोल फर्काए।


शनिबारै भएको अन्य खेलमा एभरटनले स्टोक सिटीलाई १-० ले पराजित गर्यो भने क्रिस्टल प्यालेस र एफसी बर्नमाउथ तथा साउदह्याम्पटन र सण्डरल्याण्डले समान १-१ गोलको बराबरी खेले।


शनिबारको खेलपछि चेल्सी ९ अंक सहित शीर्ष स्थानमा छ भने समान अंक जोडेको म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ। ७ अंक जोडेको एभरटन तेस्रो स्थानमा उक्लेको छ। एक खेल खेल्न बाँकी म्यानचेष्टर सिटी ६ अंकसहित चौथो तथा ६ अंक नै रहेको हल सिटी पाँचौ स्थनमा छ।
 
प्रिमियर लिग अन्तर्गत आज तेस्रो चरणका दुई खेल हुँदैछन्। पहिलो खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे वेस्टब्रोमिच अल्विओन र मिडलस्ब्रोबीच हुनेछ। राती पौने ९ बने म्यानचेस्टर सिटीले घरेलु मैदानमा वेष्टहम युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell