PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

श्रीमतीको वियोगपछि एक्लै बनेका ६० वर्षीय वृद्धद्वारा विष सेवन गरी आत्महत्या



पहिलोपोस्ट

गौशाला : महोत्तरीको धीरापुर गाविसमा विषादी सेवनबाट गएराति एक पुरुषको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा धीरापुर गाविस-५ बस्ने ६० वर्षीय जीवछ दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
 
केही दिनअघि पत्नीको मृत्यु भएपछि एक्लै जीवन बिताउँदै आएका दासले गएराति तरकारी बारीमा हाल्ने नाम नखुलेको विषादी सेवन गरेको बुझिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।
 
गएराति करिब ९ बजे विषादी सेवनबाट सिकिस्त दासलाई छिमेकीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो।
 
मृतक दासको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell