PahiloPost

Jun 9, 2026 | २६ जेठ २०८३

स्कर्ट नलगाउन मन्त्रीको निर्देशन!​



पहिलोपोस्ट

​आगरा : संस्कृति तथा पर्यटन मन्त्री महेश शर्माले पर्यटक महिलाहरुलाई सुरक्षाका लागि स्कर्ट नलगाउन भनेका छन्। ताज सिटीमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले, 'उनीहरुकै सुरक्षाका लागि विदेशी महिला पर्यटकले स्कर्टजस्ता छोटा लुगा लगाउनु ठीक छैन… भारतको संस्कृति पश्चिमाभन्दा फरक छ।' उनले महिला पर्यटकलाई राति एक्लै नहिड्नसमेत सुझाव दिए। मन्त्री शर्माले ट्राभल एड्भाइजरी पाम्प्लेटसमा यस्ता जानकारीसमेत राखिने बताए।

उनले मथुरा र वृन्दावनजस्ता धार्मिक पर्यटकीय स्थलमा जाँदा भारतीय संस्कृतिको ख्याल राख्न पर्यटकहरुलाई भनेका छन्।

शर्माले गत वर्ष युवतीहरुले राति हिड्नु भारतीय संस्कृतिविपरित रहेको बताएपछि ठूलै हंगामा भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell