PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

पूर्वसांसद कार्कीको निधनप्रति शोक प्रस्ताव पारितसँगै संसद बैठक आधा घन्टाका लागि स्थगित



पहिलोपोस्ट

पूर्वसांसद कार्कीको निधनप्रति शोक प्रस्ताव पारितसँगै संसद बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं : ओखलढुंगाबाट निर्वाचित भएका पूर्व सांसद बालाराज कार्कीको निधनप्रति व्यवस्थापिका संसदमा शोक प्रस्ताव पारित भएको छ।
 
सभामुख ओनसरी घर्तीले शोक प्रस्ताव प्रस्तुत गरेकी थिइन्। व्यवस्थापिका संसदमा उपस्थित सांसदहरुले एक मिनेट मौन धारण गरेका थिए। प्रस्ताव पारितसँगै बैठक ३० मिनेटका लागि स्थगित भएको छ।
 
२०१४ सालमा गोर्खा परिषद सदस्य भई कार्की २०१७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। २०३१ सालदेखि भारत प्रवासमा रहेका उनी गिरिजाप्रसाद कोइरालासँगै २०३७ मा आममाफीपश्चात नेपाल फर्किएका थिए।
 
२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगा क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीको गत भदौ १० गते उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell