PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

राष्ट्रपति भण्डारी एक मिनेट याक एन्ड यतीको लिफ्टमा थुनिँदा...



सविन ढकाल

राष्ट्रपति भण्डारी एक मिनेट याक एन्ड यतीको लिफ्टमा थुनिँदा...

काठमाडौं : स्काउट एसिया प्रशान्त क्षेत्रीय संगठनको १२औं सम्मेलन थियो- राजधानीको होटल याक एन्ड यतीमा।
 
सम्मेलनको उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा बोलाइएको थियो- राष्ट्रपति विद्यादेवी भण्डारीलाई।
 
कार्यक्रम तालिकाअनुसार उनी समयमै बिहान ११ बजे कार्यक्रम स्थल पुगिन्।
 
कार्यक्रम भने याक एण्ड यतीको दुई तलामाथि हलमा राखिएको थियो। कार्यक्रम हुन लागेको हलमा जान जब उनी लिफ्ट चढिसकेकी थिइन्, झ्याप्प बत्ती गयो। लिफ्ट रोकियो। राष्ट्रपति नै चढेको लिफ्ट ठप्प हुँदा वरिपरि सुरक्षाकर्मीहरुको भिड लाग्यो। तत्काल प्राविधिक झिकाइयो र लिफ्ट पुन: तल झारियो। करिब एक मिनेट उनी लिफ्टमै थुनिइन्।
 
लिफ्ट तल आइपुग्नासाथ पुन: बत्ती पनि आयो। लिफ्टमा कुनै समस्या नआएको बुझेपछि उनी दुई तलामाथिको कार्यक्रम भ्याउन लिफ्ट नै चढिन्।
 

के भनिन् राष्ट्रपतिले?


नेपालमा पहिलो पटक स्काउट एसिया प्रशान्त क्षेत्रीय संगठनको १२औं सम्मेलन भएको हो। नेपालमा सम्मेलन भएकोमा राष्ट्रपति भण्डारीले खुसी व्यक्ति गरिन्। स्काउटले युवा तथा विद्यार्थीमा सकारात्मक सोच र राष्ट्रपतिको जिम्मेवारी बोध गराउन सहयोग गरेको समेत उनले बताइन्।

कार्यक्रम उद्घाटन गर्दै उनले स्काउटमा महिलाको सहभागितालाई बढाउनुपर्ने कुरामा जोड दिएकी थिइन्। महाभूकम्पमा स्काउटले देखाएको सक्रियताको प्रशंसा गर्दै उनले सम्पूर्ण टिमलाई धन्यवाद पनि दिइन्।








@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell