काठमाडौं : शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री निवासमा पुगेका शिक्षक प्रतिनिधिहरुले अस्थायी शिक्षकलाई औषधि उपचार र उपदानको व्यवस्था गर्न, अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्न र शिक्षा ऐन पून संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका हुन्।
भेटमा प्रधानमन्त्रीले यसबारे शिक्षामन्त्री र शिक्षा सचिवसँग थप छलफल गर्ने बताएका छन्।