
काठमाडौं : अभिनेत्रीद्वय निशा अधिकारी र दिया मास्के समलिंगी जोडीको रुपमा देखिएका छन्।
पर्फोमिङ आर्ट क्रियशन प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक 'अन्तिम प्रश्न सोध्न चाहान्छु' गीतमा उनीहरुलाई समलिंगी जोडीको गहिरो प्रेमबीच देख्न सकिन्छ।
यो म्युजिक भिडियोमा दिया टाढा हुँदाको समय निशाको तड्पाइ र अन्तिममा दियाको हत्या घटनापछि निशाले पनि मृत्युवरण गरेको दृश्यलाई भिडियोमा देखाइएको छ। यो गीतमा समलिङ्गीहरुको प्रेम रोमान्सका साथै अन्य क्रियाकलापलाई प्रस्तुत गरिएको छ।
द ब्ल्याक हव्क नेपाल ब्याण्डको शब्द, संगीत, एरेन्जमेन्ट रहेको उक्त गीतलाई 'खोइ मेरो देश' नामक एल्बममा समावेश गरिएको छ। एल्मबमा अन्य गीत भने सार्वजनिक भएका छैनन्।
वेभ म्यागजिन प्रोडक्शन टिमको छायांकन र सम्पादन रहेको भिडियोलाई राज केसीले निर्देशन गरेका हुन्।
हेर्नुस् भिडियो-