PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



पहिलोपोस्ट

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटवार्ता भएको छ।
 
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिइन्।
भेटमा उनले समसामयिक राजनीति र सरकारका योजनाबारे समेत चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
 
जवाफमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले गरेको सहयोगको प्रशंसा गरेका थिए। संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण, सुशासन र राहत, ठूला प्रोजेक्टहरुको सञ्चालन तथा समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको प्रधानमन्त्रीले जुलिएण्डलाई जानकारी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell