PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

नेपाली फिल्ममा सिक्वेलको लहर*



पहिलोपोस्ट

नेपाली फिल्ममा सिक्वेलको लहर*

काठमाडौं : नेपाली फिल्म उद्योगमा एकपछि अर्को फिल्मको सिक्वेल घोषणा हुने क्रम बढ्दो छ।
 
शुक्रबार दुर्गिश फिल्मसले हिट फिल्म 'होस्टल'को तेस्रो सिक्वेल घोषणा गरेको छ। दुर्गिश फिल्मसले आफ्नो कम्पनीमा बनिरहेका तीन फिल्म 'सायद-२', 'लाउरे' र 'उलन म्यारी'पछि 'होस्टल ३' बन्ने बताएको छ। 
 
पोस्ट प्रोडक्सनको काम भइरहेको 'सायद २' दुर्गिश फिल्मको सफल फिल्म 'सायद'को सिक्वेल हो।
 
'होस्टल'मा एमबिबिएस र 'होस्टल २' मा इन्जिनियर विद्यार्थीको होस्टल जीवन फिल्मका मुख्य विषय थिए। 'होस्टल ३' मा भने कस्तो कथा गाँसिने हो टुंगो छैन।
 
अहिले नेपाली सिनेमा उद्योगमा 'दर्पण छाँया', 'ए मेरो हजुर', 'हिरो' जस्ता पुराना फिल्महरुको पनि सिक्वेल निर्माण भइरहेका छन्। चपली हाईट चलचित्रको पनि सिक्वेल चपली हाईट २ निर्माण भइसकेको छ। 


*यसअघि समाचारमा 'चपली हाईट ३' फिल्म निर्माण हुने भन्ने विषयमा प्रेषित सूचना असावधानीवश समावेश गरिएकोमा सच्याइएको छ।
 
-सम्पादक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell