PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

​‘अपरेसन क्वाक’पछि सिआइबीको ‘अपरेसन हक’ : कति फन्दामा पर्लान् त नक्कली पाइलट?



सविन ढकाल

​‘अपरेसन क्वाक’पछि सिआइबीको ‘अपरेसन हक’ : कति फन्दामा पर्लान् त नक्कली पाइलट?

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले केही दिनदेखि ‘अपरेसन हक’ संचालन गरिरहेको छ। यसको काम देशभर भएका नक्कली पाइलटलाई कानुनी कठघरामा उभ्याउनु रहेको छ।  

अपरेसन शुरु भएपछि  दुई जना नक्कली पाइलटलाई समातेर यसले हलचल मच्चाइसकेको छ- स्वच्छन्द घले र विशाल कार्की।  

३० वर्षका घले बुद्ध एयरमा सहायक पाइलटको काम गर्दै थिए। उनले त्रिभुवन विश्वविद्यालय, प्रविणता प्रमाणपत्र तह विज्ञान संकायतर्फको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोप प्रहरीले लगाएको छ। सोही नक्कली प्रमाणपत्रकै आधारमा साउथ अफ्रिकामा पाइलट कोर्स पूरा गरी नेपाल नागरिक उड्ययन प्राधिकरणबाट इजाजत लिई उनी उड्डयन सेवामा थिए। 

प्रहरीले घलेको नक्कली शैक्षिक प्रमाण पत्र बनाउन सहयोग गर्ने राजुकुमार श्रेष्ठलाई समेत पक्राउ गरेको छ। 

त्यसोत सिआइबीले ‘अपरेसन क्वाक’ संचालन गरेर देशभरबाट ५४ जना नक्कली चिकित्सकलाई समातेर कारबाही शुरु गरेदेखि नै  नक्कली पाइलटको मनमा पनि ढ्याङग्रो बज्न थालिसकेको थियो। 


ब्युरोले गोमा एयरलाइन्सका सहायक पाइलट विशाल कार्कीलाई पक्राउ गरेपछि केही पाइलटले त्यतिबेला नै राजीनामा दिएर काम छोडेको समाचारले पनि संचारमाध्यममा ठाउँ पाएका थिए। अहिले पनि पाइलटहरुले काम छोडेर जाने क्रम बढेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआईजी नवराज सिलवालले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार अहिले पनि नक्कली शैक्षिक प्रमाणपत्र भएका १५ जना भन्दा बढीले काम छोडेका छन्। 

नक्कली प्रमाणपत्र देखाएर पाइलट भएको भए उनीहरु कानुनको हातबाट भागेर जान नसक्ने उनको दावी छ। ‘यात्रुको ज्यान नै जोखिममा पारेर उडान भर्नेलाई हामी कुनै पनि हालतमा छोड्दैनौँ’, उनी भन्छन्। 

अहिले पनि व्युरोले पाइलटहरुको शैक्षिक प्रमाणपत्रको अनुसन्धान गरिरहेको छ। सिलवालका अनुसार ४० भन्दा बढी पाइलट नक्कली भएको प्रारम्भिक अनुमान गरिएको छ। 

सिलवालले भने, ‘नेपाल नागरिक उड्यान प्राधिकरणबाट इजाजत लिएका सबै निजी तथा सरकारी एयरलाइन्समा रहेका पाइलटको छानबिन गर्नेछौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell