बलिउडकी राम्री हिरोइनमा गनिने सोमी अलीले सन् १९९० को दशकमा ९ ठूला फिल्ममा काम गरिन्। उनका धेरैजसो फिल्म बिग बजेटका थिए तर धेरै मानिसको स्मृतिमा रहेनन् ती फिल्म।
आन्दोलन, यार गद्दार, अन्त र आओ प्यार करे फिल्महरु त्यही सूचीमा रहे। सञ्जय दत्त, ओम पुरी, सुनिल सेट्टी र सैफअलिजस्ता स्थापित हिरोहरुको अपोजिटमा रहेकी उनी सलमान खानसँग प्रेममा थिइन्।
सलमान खानको पहिलो प्रेमिकाका रुपमा उनलाई चिनिन्थ्यो। तर जब सलमानसँग उनको ब्रेक अप भयो उनी फ्लोरिडा गइन् र बलिउडमा फर्केर हेरिनन्। उनको अहिले आफ्नो क्लोदिङ छ -सो मि डिजाइन्स। र, एक मुनाफारहित संस्था नो मोर टिअर्समा उनी सक्रिय छिन्।