PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

खुर्पा खोसेर घाँटीमा प्रहार, हत्या गर्ने भण्डारी प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

गोरखा : गोरखाको हर्मी गाविस- ९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ।
 
खेत गोडेर फर्किएका नेपालीमाथि आपसी विवादमा हर्मीकै ४९ वर्षीय जितबहादुर भण्डारीले खुर्पा प्रहार गरी हत्या गरेका हुन्। नेपालीकै हातमा रहेको खुर्पा खोसेर उनले घाँटीमा प्रहार गरेका थिए।
 
स्थानीय रामचन्द्र ढकालको तिलबारीमाथिको गोरेटो बाटोका विषयमा उनीहरुबीच विवाद भएको थियो।
 
हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell