PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

​डण्डीबियो प्रतियोगिता आजदेखि



पहिलोपोस्ट

काठमाडौं : डण्डीबियोलाई कपर्दीसँगै नेपालको राष्ट्रिय खेल मानिदैंँ आएको छ। तर अहिलेसम्म आधिकारिक रुपमा भने मान्यता पाइसकेको छैन।  डण्डीबियोको प्रतियोगिता पनि खासै भएको पाइँदैन। यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता पनि उल्लेख्य रुपमा हुँदैन। 

तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उच्च मावि स्तरीय डण्डीबियो प्रतियोगिता आयोजना गर्दैछ। राखेपको आयोजनामा दोश्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबिया प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ।

प्रतियोगितामा काठमाडौंबाट ४, ललितपुर र भक्तपुरबाट ३/३ तथा काभ्रेबाट २ गरी जम्मा १२ टिमको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत मीनकुमार शर्माले जनाएका छन्।

प्रतियोगिताको विजेताले नगद १० हजार प्राप्त गर्नेछन। यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ७ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। 

प्रतियोगिताको पहिलो संस्करणको उपाधि गिनिज इन्टरनेशनल उमाविले जितेको थियो।

दुईदिन सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु त्रिपुेश्वरस्थित राखेपको हातामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell