
काठमाडौं : असार १८ गते व्यपारीलाई धम्काएको र अवैधरुपमा रकम असुली गरेको अभियोगमा प्रक्राउ परेका डन दिपक मनाङे संगठित अपराधको मुद्धाबाट जोगिएका छन्।
महानगरीय प्रहरी परिसरले उनलाई संगठित अपराध गरेको प्रस्ताव गरेपनि सरकारी वकिललको कार्यलयले आज काठमाडौ जिल्ला अदालतमा मनाङे विरुद्ध अपहरण तथा शरीर बन्धक उद्योगको मुद्धा दर्ता गराएको छ।
परिसरले २ महिनासम्म थुनामा राखि मनाङे विरुद्ध संगठित अपराध विरुद्धको कारबाहीका लागि अनुसन्धान गरिरहेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी विक्रमसिह थापाले पहिलोपोष्टसंग भने,' हामीले संगठित अपराध गरेको आरोपमा सबै प्रमाण जुटाएर बुझाएका थियौ।'
मनाङेले व्यापारी र अन्यलाई धम्काएर पैसा असुल्ने गरेको सबैलाई थाहा छ। मनाङेलाई प्रहरीले राय राखेको संगठित अपराध विरुद्धको मुद्धा लगाएको भए उनलाई ५ देखी १० वर्षसम्म जेल सजाय हुने सम्भावना थियो। विगत डेढ दशकदेखी मनाङे ठमेल क्षेत्रमा रहेर गुन्डागर्दी गर्दै आएका छन्।