PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

​सुरु भयो नाडा अटो शो, हेर्नुस यसरी ग्राहक तान्दैछन् सवारी कम्पनी



पहिलोपोस्ट

​सुरु भयो नाडा अटो शो, हेर्नुस यसरी ग्राहक तान्दैछन् सवारी कम्पनी

काठमाडौं  : सवारी साधनको कुम्भ मेला नाडा अटो शो काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ। नेपालमा सवारी साधनको ब्रान्डिङ र बजार विस्तारका लागि उत्कृष्ट प्लेटफर्मको रुपमा रहेको नाडा अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गरे।


मेलामा विश्वका विभिन्न मुलुकमा उत्पादन भएका सवारी साधन प्रर्दशनीमा राखिएको छ। मेलामा दुर्इ पाँग्रेदेखि चारपाँग्रेसम्मका सवारी साधन र एसोसरिज राखिएका छन्।


यो मेलाले व्यापारसँगै चाडपर्व आएको अनुभुति समेत गराउँछ। मेलामा विभिन्न सवारी साधनका नेपालका अधिकृत बिक्रेताले सवारी साधन बिक्रीका लागि स्टलमा विशेष लगानी गरेर आर्कषक बनाएका छन्। ती कम्पनीले सवारीसाधन बिक्रीका लागि स्वदेश तथा विदेशका मोडलसम्मलार्इ राखेका छन्। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell