
- सरिता पौडेल -
लाइन काटिएका ग्राहकलाई लाइन दिएर सहयोग गर्ने तीन छिमेकीसमेत कारबाहीमा परेका छन्। कारबाहीमा परेकालाई छरछिमेकले लाइन दिन मिल्दैन, प्राधिकरणका प्रमुख यादवले भने, ‘तीन जनालाई कार्वाही गरेका छौं।”
लाइन काटिएका ५७ ग्राहकमध्ये ३५ ग्राहकले विद्युत् महसुल बुझाएर पुनः जडान गरेका छन्। उनीहरुबाट रु २५ लाख ६० हजार ५७५ बक्यौता रकम उठेको वितरण केन्द्रका प्रमुख रामदुलाले यादवले बताए।
यस वितरण केन्द्रमा तीन महिनासम्म बक्यौता नतिर्ने र २५ हजारभन्दा बढी बक्यौता रहेका ४ सय ४९ जना ग्राहक छन्। उनीहरुबाट तीन करोड आठ लाख ७३६ बक्यौता उठ्न बाँकी छ, जसमा सडकबत्ती समावेश छैन।
वितरण केन्द्रका प्रमुख रामदुलाल यादवका अनुसार ४ सय ४९ ग्राहकमध्ये ३२३ ग्राहक घर बत्तीका रहेका छन् जसबाट एक करोड ५३ लाख ८८ हजार १३३ बक्यौता बाँकी रहेको छ। यस्तै, ४९ वटा उद्योग, २७ वटा व्यापारिक प्रतिष्ठान, १९ वटा सरकारी तथा गैरसरकारी, ६ वटा सिँचाइ, ३ वटा मन्दिर, ११ वटा ठूला उद्योग, रामपुर क्याम्पस, शान्ति अस्पताल, होटल, खानेपानी २,२ वटा रहेको वितरण केन्द्रले जनाएको छ।
अहिले भरतपुर प्राधिरकरणमा पुरानो बाँकी बक्यौता २६ करोड २१ लाख ४९ हजार १२१ रहेको छ। यसमध्ये १६ करोड १८ लाख २५ हजार ४सय७७ सडकबत्तीको र ग्राहकबाट १०करोड ३ लाख २३ हजार ६२० रहेको प्राधिकरणका प्रमुख यादवले जानकारी दिए। प्राधिकरणको गत बर्षको असुली रकम २५ लाख ६० हजार ५ सय ७५ रहेको छ ।
केन्द्रका अनुसार ४९ वटा उद्योगबाट ४४ लाख ९९ हजार ४६३, सत्ताइस व्यापारिक प्रतिष्ठानबाट २२ लाख २९ हजार ४८८, उन्नाइस सरकारी तथा गैरसरकारी संस्थाबाट १७ लाख ६४ हजार ९४१ बक्यौता रकम उठ्न बाँकी छ।
यस्तै, छवटा सिँचाइबाट एक लाख ८० हजार ५३२, तीन वटा मन्दिरबाट एक लाख ३५ हजार २०४, पञ्चरत्न ह्याचरी उद्योगबाट१७ लाख ७१ हजार ९२३, अन्य ठूला १० उद्योगबाट १६ लाख ५१ हजार ६४४, रामपुर क्याम्पसको सात लाख ७७ हजार २३३, शान्ति अस्पतालको रु तीन लाख ९४ हजार ६६३, दुई वटा होटलको रु पाँच लाख ८२ हजार १८०, र दुईवटा खानेपानीको तीन लाख ७८ हजार ३०३ बक्यौता रहेको प्रमुख यादवले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरमा आ व २०७२/०७३ को असार मसान्तसम्म ६६ हजार ३६१ जना ग्राहक रहेका छन्।