PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

काठमाडौं टावर बनाउने ठेकेदार कम्पनीले महानगरलाई बुझायो करिब एक करोड रोयल्टी



पहिलोपोस्ट

काठमाडौं टावर बनाउने ठेकेदार कम्पनीले महानगरलाई बुझायो करिब एक करोड रोयल्टी

काठमाडौं : पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौं टावरको ठेकेदार कम्पनी जलेश्वर स्वछन्द विकोइले काठमाडौं महानगरपालिकालाई ९८ लाख ३३ हजार तीन सय रोयल्टी बुझाएको छ।
 
निर्माण सुरु गर्नुपर्ने मिति गुज्रिसक्दासम्म निर्माणको लागि जिम्मा पाएको कम्पनीले काम सुरु नगरेपछि महानगरले पटकपटक ठेक्का रद्द गर्ने चेतावनी दिएको थियो। ठेक्का रद्द गर्ने चेतावनीपछि कम्पनीले रोयल्टी बापतको रकम तिरेको हो।
 
सम्झौताअनुसार गत वैशाखदेखि काम सुरु गर्ने भनिए पनि हालसम्म काम सुरु नभएको भन्दै महानगरले प्रगति विवरण बुझाउन निर्देशन दिएको थियो। प्रगति विवरण नबुझाएको अवस्थामा ठेक्का रद्द गर्ने चेतावनी दिएपछि राजस्व तिरेको महानगरका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिए।
 
काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार कम्पनीले निर्माण अवधिभर वार्षिक ९८ लाख ३३ हजार निर्माण अवधि सम्पन्न भएलगत्तै वार्षिक रुपमा भवनको एक करोड ७५ लाख र जग्गाको ७० लाख महानगरलाई राजस्व स्वरुप तिर्नुपर्नेछ।
 
जलेश्वर स्वछन्द विकोइका प्रबन्धक मनोज भेटुवालले पाइलिङ मेसिन भारतबाट ल्याउनुपर्ने भएकाले तोकिएको समयमा काम सुरु नभएको बताए।
 
करिब चार महिनाअघि निर्माण कम्पनीले टावर बनाउन भन्दै बसपार्कको पार्किङ खुल्लामञ्चमा सारेको थियो। यता ठेकेदार कम्पनीले जमिन खन्ने पाइलिङ मेसिन नेपालमा नपाइएकाले काम सुरु गर्न ढिलाइ भएको भन्दै आएको थियो। रासस
 
यो पनि पढ्नुस् :
काठमाडौं टावरको निर्माण थालियो, बसपार्क तीन वर्षपछि मात्रै पुरानै ठाउँमा सर्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell