PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

भूकम्पपछि चेलिबेटी बेचबिखन बढ्यो, नयाँदिल्ली, हङकङ र तिब्बतमा धेरै



पहिलोपोस्ट

काठमाडौं : गतवर्षको विनाशकारी भूकम्पपछि मानव बेचबिखन बढेको एक संस्थाको अध्ययनले देखाएको छ।
 
चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल (एनएनएजिटी) का अनुसार भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ। अहिले भारतमा कम्तीमा पनि दुई लाख नेपाली महिला तथा बालिका यौन व्यवसायमा संलग्न छन्।
 
एनएनएजिटीका अध्यक्ष भारती सिलवाल गिरी नयाँदिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन हुने गरेको बताउँदै भूकम्पको समयमा नेपालमा धेरै चेलिबेटी बेचबिखन भएको बताउँछिन्।
 
'भूकम्पपछि महिलालाई रोजगारीको प्रलोभन सहज र राम्रो जीवनयापन हुने लोभ देखाएर बेचबिखनमा पार्ने गरेको देखियो,' उनले भनिन्, 'अहिले यौन व्यवसायका लागि मात्र नभई मानव अङ्ग तस्करीका लागि समेत महिला तथा बालबालिकाको प्रयोग गर्ने गरेको देखिन्छ।'
 
खुल्ला सिमानाका कारण भारतमा महिला, बालिका बेचबिखनमा बढी पर्ने गरे पनि माइती नेपाल लगायतका विभिन्न संस्थाको सक्रियतामा केही कमी आएको उनको भनाइ छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell