PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

पारस सहितका नेपाली क्रिकेट खेलाडीलाई अमेरिकामा खेलाउन 'गो फण्ड'बाट पैसा उठाइँदै



पहिलोपोस्ट

पारस सहितका नेपाली क्रिकेट खेलाडीलाई अमेरिकामा खेलाउन 'गो फण्ड'बाट पैसा उठाइँदै

काठमाडौं : क्रिकेट प्रतियोगिता खेल्ने नाममा गैरक्रिकेट खेलाडीलाई जापानमा लगी मानव तस्करी गरेको विषय अहिले चर्चामा छ। सात राष्ट्रिय स्तरका खेलाडी गएकोमा अन्य गैरखेलाडी भने फर्केका छैनन्। यस विषयमा छानबिनको लागि विभिन्न पक्षबाट आवाज उठिरहेको छ।
 
क्रिकेटको यही धमिलो चर्चाका बीच राष्ट्रिय टोलीका कप्तान पारस खड्का सहितका खेलाडीलाई अमेरिकामा खेलाउनका लागि पहल भइरहेको छ।
 
नेपाली खेलाडीको प्रदर्शनका लागि 'गो फण्ड'बाट पैसा संकलन कार्य जारी छ। करिब डेढ महिनाअघि अमेरिकामै बसोबास गर्ने राकेश कर्ण (रकी) ले गो फण्ड मार्फत नेपाली खेलाडीको खर्च उठाउन रकम संकलन गरिरहेका छन्। उनले जुलाई १३ मा सुरु गरेको उक्त फण्डमा अहिलेसम्म १३ हजार ७२२ अमेरिकी डलर जम्मा भइसकेको छ। उनको आफ्नो लक्ष्य २० हजार अमेरिकी डलर रहेको पनि उल्लेख गरेका छन्।
यो समाचार तयार गर्दासम्म अहिलेसम्म २५४ व्यक्तिले उक्त फण्डमा रकम जम्मा गरेर सहयोग गरेका छन्।
 

किन उठाइयो पैसा?

अमेरिकामा विभिन्न खालका स्थानीय क्रिकेट प्रतियोगिताहरु भइरहन्छन्। अबको प्रतियोगिता आगामी सेप्टेम्बरमा हुँदैछ। डल्लास टीएक्समा नर्थ टेक्सास क्रिकेट एसोशिएसन (एनटीकेए) ले उक्त प्रतियोगिता आयोजना गर्दैछ।
 
यसै प्रतियोगितामा नेपालको राष्ट्रिय स्तरका खेलाडीलाई सहभागी गराउन गो फण्ड मार्फत पैसा उठाइएको रकीले उल्लेख गरेका छन्।
उक्त प्रतियोगिता दुई महिलासम्म चल्ले र त्यस अवधिसम्मको नेपाली खेलाडीको खानेबस्ने खर्च, प्रतियोगितामा लाग्ने दर्ता शुल्क र आउने-जाने खर्चका लागि उक्त रकमले सघाउ पुग्ने उनले रकीले जनाएका छन्।

हरेक वर्ष भारत, पाकिस्तान, श्रीलंका, वेष्ट इन्डिज लगायतका देशबाट खेलाडीहरु प्रतियोगिता खेल्न अमेरिका जाने गरेकोमा यस पटकबाट नेपाली खेलाडीलाई पनि अमेरिकामा खेलाउन आफूले सुरुवाती प्रयास गरेको रकीले बताएका छन्।
 
उनले उक्त फण्डमै एक पाठकले राखेको जिज्ञासामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको ८ खेलाडीसम्म लैजाने प्रयास गरेको पनि उल्लेख गरेका छन्। (फाइल फोटो)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell