PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

तीनदिने भ्रमणका लागि जापानी विदेश राज्यमन्त्री आज राति नेपाल आउँदै



पहिलोपोस्ट

तीनदिने भ्रमणका लागि जापानी विदेश राज्यमन्त्री आज राति नेपाल आउँदै

काठमाडौं : जापानका विदेश राज्यमन्त्री नोबु किसाइ तीनदिने औपचारिक भ्रमणका लागि आज राति नेपाल आउने भएका छन्।
  
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवका अवसरमा भदौ १६ गते यहाँ आयोजना हुने विशेष समारोहमा भाग लिन उनी आउन लागेका हुन्। नेपाल सरकार र यहाँस्थित जापानी राजदूतावासले संयुक्त रुपमा आयोजना गर्ने उक्त समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राज्यमन्त्री किसाइले सम्बोधन गर्ने कार्यक्रम छ।
 
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 'राज्यमन्त्री किसाइको शिष्टाचार भेटबारे हामीले सम्माननीय राष्ट्रपति र सम्मानीय प्रधानमन्त्रीज्युको कार्यालयमा पत्राचार गरिसकेका छौं तर समय निर्धारण भइसकेको छैन,' परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए।
 
उपप्रधानमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग पनि उनको शिष्टाचार भेट हुनेछ। राज्यमन्त्री किसाइले नेपाल सरकारका उच्चपदस्थ अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell