A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6995be498f7485.15427205): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6995be498f7485.15427205,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

यी हुन् नेपालमा बिक्री हुने सस्ता कारहरु, १४ लाखदेखि सुरु हुन्छ मूल्य
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

यी हुन् नेपालमा बिक्री हुने सस्ता कारहरु, १४ लाखदेखि सुरु हुन्छ मूल्य



उमेश पौडेल

यी हुन् नेपालमा बिक्री हुने सस्ता कारहरु, १४ लाखदेखि सुरु हुन्छ मूल्य

काठमाडौं : तपाईँ बाइकबाट अपग्रेड भएर गाडी किन्ने योजनामा हुनुहुन्छ?  बाइकबाट गाडी किन्ने योजनामा रहेकालार्इ लक्षित गर्दे विभिन्न गाडीका नेपालका अधिकृत बिक्रेताहरुले सस्ता गाडी ल्याएका छन्।

इन्ट्री लेभलका गाडी १४ लाख रुपैयाँदेखि पाउन सकिन्छ। अझ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा विशेष छुटमा पाइन्छ। अटोशोमा इन्ट्री लेभलकै कारमा एक लाख रुपैयाँसम्म छुट कम्पनीहरुले दिइरहेका छन्। गाडी किनिसकेपछि मर्मत, इन्स्योरेन्स, बैंकिङ सुविधा लगायतका सेवाहरु पनि एकै ठाउँमा दिइरहेका छन्।

इन्ट्री लेभलका सस्ता कारहरु




टाटाले पनि दशैं र नाडा अटो शोलाई लक्षित गरी इन्ट्री लेभलका ग्राहकलाई लक्षित गरी ह्याचव्याक सेग्मेन्टको कार ल्याएको सिप्रदी ट्रेडिङका मार्केटिङ अफिसर सुरज सिंहले जानकारी दिए।  

टाटाको इन्डिका र्इ सेटा १९ लाख ९५ हजार रुपैयाँबाट इन्ट्री लेभलमा सुरु हुन्छ। टाटाले भर्खरै सार्वजनिक गरेको टियागो समेत २२ लाख रुपैयाँबाट सुरु हुन्छ। डाट्सनको नेपालको अधिकृत बिक्रेता पायोनियर मोटो कर्पले सबैभन्दा सस्तो कार डाट्सनको रेडी गो ल्याएको छ। यो बाइकबाट गाडीमा अपग्रेड हुनेका लागि उत्तम विकल्प हुनसक्छ। यो कारको मूल्य १३ लाख ९९ हजार रुपैयाँ छ।

रेनल्टको क्वीड इन्ट्री लेभलमा उपभोक्ता लोभ्याउने कारभित्र पर्छ । एड्भान्स मोटरले ल्याएको रेनल्टको क्वीडको मूल्य १६ लाख ९० हजारबाट सुरु हुन्छ।

नेपालको प्यासेन्जर भेहिकलको बिक्रीमा अग्रणी हुन्डार्इको इयोन डिलाइट इन्ट्री लेभल कारका लागि उपयुक्त छ। यो कारको मूल्य १७ लाख ५६ हजार रुपैयाँ छ।

सुजुकीको अल्टो ८०० इन्ट्री लेभलको कारभित्र पर्छ। सिजी मोटर कर्पले अल्टोलार्इ इन्ट्री लेभलको कारको रुपमा एग्रेसिभ रुपमा ब्रान्डिङ गरिरहेको छ। अल्टोको मूल्य १५ लाख रुपैयाँ राखेको छ।
 
फियाटले अटो शोमा बुकिङ गराउने र किन्ने ग्राहकका लागि आफ्ना तीनवटा भेरियन्टमा भएका १४ वटा मोडेलका कारमा एकलाख क्यास डिस्काउन्ट दिने लाइफ अटोमोवाइलका मार्केटिङ एक्जुकेटिभ प्रनिश शाक्यले बताए। उनले  मध्यम बर्गिय परिवारका लागि लक्षित गरी कारहरु नेपाल भित्र्याएको जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell