
काठमाडौं : पूर्व सांसदहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'सँग भेट गरेका छन्।
पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास बालुवाटार पुगेको टोलीले पूर्व सांसदहरुलाई सेवा, सुविधा र मर्यादा दिन लिखित माग बुझाएको थियो।
भेटमा प्रधानमन्त्रीले समाजमा पूर्व सांसदहरुको मर्यादाका विषयमा आफू सकारात्मक भएको बताए। सेवा र सुविधाका विषयमा भने ऐनकै आवश्यकता पर्ने भएकाले यो विषयलाई अन्य पक्षहरुसँगसमेत छलफल गर्ने उनको भनाइ थियो।
देशको विकास र राजनीतिक स्थिरताका लागि आफ्नो ठाउँवाट आवश्यक भूमिका खेल्न पूर्व सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले अनुभव र ज्ञान राज्यको हितमा लगाउनुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ।