PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

१२ वर्षीया बालिका बलात्कार गर्ने २२ वर्षे युवकलाई १६ वर्ष कैद



पहिलोपोस्ट

१२ वर्षीया बालिका बलात्कार गर्ने २२ वर्षे युवकलाई १६ वर्ष कैद

इलाम : १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम सुलुबुङ-२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले १६ वर्ष कैद सजायको फैसला सुनाएको छ।
 
न्यायाधीश नवराज दाहालको इजलासले बालिकालाई पटक-पटक करणी गरेको ठहर गर्दै मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (२) बमोजिम आठ वर्ष कैदको सजाय सुनाएको हो।
 
सोही मुद्दामाथि सुनुवाइ गर्दै इजलासले सोही महलको ३ (क) अनुसार थप पाँच वर्ष र पीडित बालिकासँग नाता देखिएकाले सोही महलको २ नम्बरसमेत कसुरमा हाडनाता करणी महलको २ को देहाय २ नम्बर बमोजिम तीन वर्ष गरी जम्मा १६ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए।
  
अदालतले राईलाई पीडितका नाममा ७५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ। कसुरदार राईले ती बालिकालाई २०७० साल यता बलात्कार गर्दै आएको भन्दै उनीविरूद्ध गत फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell