PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​भूकम्पपीडितलाई भन्दै एनजिओको नाममा करोडौँ रकम उठाएर ठगी गर्ने पक्राउ



सविन ढकाल

​भूकम्पपीडितलाई भन्दै एनजिओको नाममा करोडौँ रकम उठाएर ठगी गर्ने पक्राउ

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भूकम्पपीडितलाई राहत र सहयोग वितरण गर्ने भन्दै करोडौँ रकम उठाएर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा बुद्धिष्ट जनअधिकार मंचका अध्यक्ष सकुन शेरचन्द र महासचिव अमरकान्त चौधरी रहेका छन्। 

उनीहरुले मंचको नाममा भूकम्पपीडितलाई  राहत र सहयोग वितरण गनै भन्दै क्राउड फन्डिङ साइट गोफन्डमी र मलेसियाको शाक्यमुनि फाउण्डेसन र दुबईको मेकान्नी जस्ता संस्थाबाट सयौँ मानिसबाट पटक पटक गरी ३ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको रकम बैँक खातामा जम्मा भएको देखिएको प्रहरीले जनाएको छ। 

जम्मा भएको रकममध्ये उनीहरुले १ करोड ६७ लाख रकम पीडितलाई वितरण गरेको भन्दै ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। 

भूकम्पपछि राहत वितरण गर्ने भन्दै मोटो रकम लिएर ठगी गरेको केन्द्रीय अनुसन्धान व्युरोका एसपी दिवेश लोहनीले पहिलोपोस्टलाई जानकारी दिएका छन्। लोहनीका अनुसार अहिले प्रहरी थप अनुसन्धान गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell