PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

​अदिति बनिन् मिस टिन कलेज

​अदिति बनिन् मिस टिन कलेज

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मिस टिन कलेज २०१६ को ताज लिटिल एन्जल हात्तिवनमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया अदिति तुलाधरले जितेकी छिन्। उनले मिस पर्सनालिटी र बेस्ट स्टाइलिस अवार्ड पनि हात पारिन्।

मिस टिन कलेजको ताजसँगै १ लाख ६० हजार बराबरको स्कुटर, ह्वाइट हाउस कलेज बानेश्वरको तर्फबाट छात्रवृत्ति,फेसन सेन्टर भाटभटेनीको तर्फबाट १० हजार बराबरको सारी साथै नेपाल एयर होस्टेज एकेडमीको तर्फबाट २५ हजार बराबरको एयरहोस्टेज तालिमको छात्रवृत्ति हासिल गरिन्।

सिजन मिडियाद्वारा आयोजित प्रतियोगितामा ‘फस्ट रनर अप’को उपाधि दक्षिणकाली फर्पिङकी १७ वर्षीया प्रतिक्षा तामाङले जितिन्। त्यस्तै सेकेन्ड रनरअपको उपाधि जेभियर इन्टरनेसनल कलेजमा अध्ययनरत १७ वर्षीया प्रार्था बस्नेतले जितिन्।

रेडन कलेज सामाखुसीमा कक्षा ११मा अध्ययनरत सोनाम खड्गी थर्ड रनरअप र सेन्टल रेनस कलेज चाबहिलमा कक्षा १२ मा अध्ययनरत वर्षा बस्नेत फोर्थ रनर अप भइन्। 


ट्रेन्डिङ पोस्ट

Ncell