PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल प्रतियोगिता भदौ २८ देखि



पहिलोपोस्ट

एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल प्रतियोगिता भदौ २८ देखि

काठमाडौं : तेस्रो एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७३ भदौ २८ गतेबाट हुने भएको छ।

नेपाल भलिबल संघले बुधबार एक कार्यक्रममको आयोजना गरी च्याम्पियनसिप भदौ २८ देखि असोज ३ गतेसम्म हुने जानकारी गराएको हो।
महिला र पुरुषतर्फका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा आयोजना हुनेछ।
संघका अनुसार पुरुषतर्फ ११ क्लब र महिलातर्फ १० क्लबले च्याम्पियनसिपमा भाग लिने भएका छन्।
 
संघको नयाँ कार्यसमिति बनेपछिको यो पाँचौ कार्यक्रम हो। यस्तै संघले पाँचौ महिला तथा छैटौं पुरुष बिच भलिबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि ११ सम्म काभ्रेको दोलघाटमा आयोजना गर्ने भएको छ।
 

पुरस्कार रकमका वृद्धि

नेपाल भलिबल संघले एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरस्कार रकममा समेत वृद्धि गरेको बताएको छ। जसअनुसार महिला र पुरुष दुवैतर्फ च्याम्पियन हुने क्लबले नगद १ लाख २५ हजार प्राप्त गर्नेछन्। यस्तै उपविजेताले ७० हजार र तेस्रो हुनेले ५० हजार पाउनेछन्।

भलिबल संघका अनुसार यो पटक ७५ हजारले पुरस्कारमा वृद्धि गरिएको हो। महिला र पुरुष दुवै विधामा उत्कृष्ट खेलाडीले जनही १५ हजार प्राप्त गर्नेछन्।

यस्तै महिला र पुरुष दुवैतर्फका बेस्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो र सर्भरलाई जनही ५ हजार प्रदान गरिनेछ।

सहभागी पुरुष टिम
  • एपिएफ
  • नेपाल पुलिस
  • नेपाली सेना
  • मणिमुकुन्द भलिबल क्लब
  • काभ्रे जिल्ला भलिबल संघ
  • ढोरपाटन भलिबल क्लब
  • जावलाखेल युथ क्लब
  • प्रगतिशील युवा क्लब जिरी
  • हेल्प नेपाल स्पोर्टस क्लब
  • पश्चिमाञ्चल
  • नयाँ बजार युवा क्लब
 सहभागी महिला टिम
  • एपिएफ
  • न्यु डायमन्ड
  • नेपाली सेना
  • नेपाल प्रहरी
  • काभ्रे जिल्ला भलिबल संघ
  • जावलाखेल भलिबल
  • ढोरपाटन भलिबल
  • पश्चिमाञ्चल
  • श्रीनगर उच्च मावि
  • प्रगतिशील युवा क्लब जिरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell