 
काठमाडौँ : काठमाडौँको बसुन्धरामा आज दिउँसो ३ बजेर ५० बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एसपी लोकेन्द्रबहादुर मल्लका अनुसार तीन जना सिकिस्त छन्। 
रिङरोडमा चल्ने बा १ ख ९२८० को बसुन्धरा चोकैमा नियन्त्रण गुमाएर दुर्घटना भएको थियो। 
१० जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको एसपी मल्लले जानकारी दिए। 
 
 

 
 
