काठमाडौं : तपाई बाइक छाडेर गाडी किन्ने योजनामा हुनुहुन्छ? बाइकबाट गाडी किन्ने योजनामा रहेकालार्इ लक्षित गर्दे विभिन्न गाडीका नेपालका अधिकृत बिक्रेताहरुले सस्ता गाडी ल्याएका छन्।
बैंकहरुले पनि नाडा अटो शोलाई लक्षित गरेर ब्याज दर घटाएका छन्। सेवा शुल्क पनि कम गरेका छन्। बैंकहरुले कर्जा दिने प्रकृयालाई समेत सरलीकृत गर्दै गाडीको मूल्यको ९० प्रतिशतसम्म ऋण दिने स्किम ल्याएका छन्।
बैंकहरुले ल्याएका स्किमका आधारमा यहाँ हामीले कुन गाडीको इएमआइ कति पर्छ भनेर हिसाव किताब गरेका छौं। औसतमा मूल्यको ८० प्रतिशतसम्म ऋण पाइन्छ। सात वर्ष अवधिका लागि औसत ब्याज दर साढे ६ प्रतिशत राख्दा सस्तो दरका गाडीहरुको मासिक किस्ता कति पर्छ भनेर यो भिडियोमा हिसाब निकालेका छौँ।