PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

काभ्रेको गोल्डेनपिक स्कुलले जित्यो डण्डीबियो प्रतियोगिताको उपाधि



पहिलोपोस्ट

काभ्रेको गोल्डेनपिक स्कुलले जित्यो डण्डीबियो प्रतियोगिताको उपाधि

काठमाडौं : काभ्रेको गोल्डेनपिक स्कुलले दोस्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि जितेको छ।
 
त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा बुधबार भएको फाइनलमा गोल्डेनपिकले नाजरथ स्कुल, ललितपुरलाई १९४–१५३ ले पराजित गर्‍यो। गोल्डेनपिकको जितमा विपीन शिवभक्तिले सर्वाधिक ७० अंक योगदान गरे।
 
तेस्रो स्थानका लागि भएको खेलमा सेन्टिनियल उमावि काठमाडौंले दीपशिखा मावि काभ्रेलाई १७२–१४० अंकले हरायो।
 
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे।
 
विजेतालाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य उपेन्द्र पौडेलले पुरस्कार वितरण गरे। दुई दिन सञ्चालन भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरबाट समान ३–३ तथा काभ्रेबाट २ गरी जम्मा ११ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell