PahiloPost

Jun 9, 2026 | २६ जेठ २०८३

दोलखामा पहिरोले पुरिएका सातमध्ये दुई जनाको शव फेला, उद्धार कार्य जारी



पहिलोपोस्ट

दोलखामा पहिरोले पुरिएका सातमध्ये दुई जनाको शव फेला, उद्धार कार्य जारी

काठमाडौं : दोलखाको लामाबगरमा पहिरोले पुरिएर बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ।
 
लामाबगर- ४ को छेत्छेत भन्ने ठाउँमा पहिरो खस्दा सात जना बेपत्ता भएका थिए। शव फेला परेकाहरुमा मंगले तामाङ र पेममाया तामाङ रहेको प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए। उद्धार क्रममा मीनबहादुर ठकुरी  र एक चिनियाँ नागरिक घाइते अवस्थामा फेला परेका छन्। ठकुरीलाई उपचारका लागि एम्बुलेन्समार्फत सदरमुकाम पठाइएको छ। तामाङ बस्ती भएकाले घाइते ठकुरी अरु ठाउँकै हुन सक्ने कार्कीले बताए।
ची नाम गरेका एक चिनियाँ नागरिकको भने खुट्टा भाँचिएको बताइएको छ।

पहिरो खसेका कारण सिङ्गटी तामाकोसी क्षेत्रको बाटो अवरुद्ध बनेको छ। गएरातिदेखि नै अविरल पानी परेकाले पहिरो खसेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell