PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

उड्डयन मन्त्री शाहीले भने- 'मेरै पालामा १८ वटा विमान नेपाल भित्र्याउँछु'



पहिलोपोस्ट

उड्डयन मन्त्री शाहीले भने- 'मेरै पालामा १८ वटा विमान नेपाल भित्र्याउँछु'

काठमाडौं : अन्तर्राष्ट्रिय उडानका लागि ६ वटा र आन्तरिकका लागि करिब १२ वटा जहाज भित्र्याउने तयारी उड्डयन मन्त्रालयले गरेको छ।
 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालभित्रै १८ वटा विमान किन्ने बताएका हुन्।
 
‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकता छ। मेरै कार्यकालमा अन्तर्राष्ट्रिय उडानको लागि ५/६ वटा बोइङ वा एयरबस र आन्तरिक उडानको लागि १०/१२ वटा विमान ल्याउने योजना छ,' उनले भने, 'त्यसको लागि गृहकार्य सुरु गर्छु। तर विमान किन्ने कुरामा म पछि हट्दिन।'
 
जहाज भित्र्याएमात्रै पर्यटन क्षेत्रको विकास हुने मन्त्री शाहीले बताएका हुन् । विगतमा जहाज ल्याउने तयारी गर्दा सधैंभरि मुद्दा हाल्ने, झगडा गर्ने र कानुनी बाधा अड्चनले विवादित बन्ने गरेको उनको भनाइ थियो। 'अब त्यो नहोस् भन्ने चाहन्छु,' उनले भने, 'पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि हामीले फराकिलो मनले सोच्नुपर्छ, पर्यटन क्षेत्रको विकास भयो भने मात्रै मुलुक समृद्ध हुन्छ।’

आफ्नो कार्यकाल अब ८ महिनामात्रै रहेको भन्दै उनले थपे, 'कानुनी अवरोध भएन भने हामी जहाज किन्ने योजनामा सफल हुन्छौं। पैसा तत्काल तिर्नुपर्दैन, सरकार जमानी बस्छ र जहाज खरिद गरेर ल्याउँछौं।' हाल वर्षमा ५०/६० अर्ब रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै उनले आफ्नै अन्तर्राष्ट्रिय उडानको लागि जहाज भए उक्त रकम स्वदेशी पुँजीको रुपमै रहने विश्वास व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell