PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

हत्याका आरोपी तीन जना कारागार चलान



पहिलोपोस्ट

भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरपालिका–११ भुजेलाका रोहित विष्ट हत्याकाण्डका तीन जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन्।
 
कञ्चनपुर जिल्ला अदालतले विष्ट हत्याकाण्डका आरोपी भुजेलाकै ज्ञानेन्द्रबहादुर चन्द, सुभाष चन्द र पदमसिंह धामीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 
गत साउन ९ गते भुजेला खोलामा रोहित विष्टको हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो। मृतक विष्टका काका अशोक सिंह विष्टले दिएको किटानी जाहेरीका आधारमा तीन युवा पक्राउ परेका थिए। घरबाट मोटरसाइकल खरिद गर्न भन्दै रु ८० हजार लिएर हिँडेका विष्ट चार दिनपछि हत्या गरिएको अवस्थामा भेटिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell