PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

शृंगारधाराका प्रवर्तक मोतीरामले लेखेका थिए- 'अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा'



पहिलोपोस्ट

शृंगारधाराका प्रवर्तक मोतीरामले लेखेका थिए- 'अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा'

काठमाडौं : राष्ट्रिय विभूति तथा नेपाली साहित्यको माध्यमिककालमा शृङ्गारधाराका प्रवर्तक मोतीराम भट्टको १५० औं जन्मजयन्ती आज मनाइँदैछ। मुलुकभर तथा प्रवासमा रहेका नेपालीले पनि विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मोतीरामलाई सम्झिँदैछन्।
 
१९२३ साल भाद्र कृष्ण कुशेऔंसीका दिन जन्मेर १९५३ भाद्र कृष्ण कुशेऔंसीकै दिन ३० वर्षको अल्पायुमै उनको निधन भएको थियो। नेपाली साहित्यको श्रीवृद्धिका लागि उनको योगदान महत्वपूर्ण मानिन्छ।
 
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीरामले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए। १९४० देखि १९७६ सालसम्मको नेपाली शृंगारिक धाराको सुरुवातकर्ता मोतीराम नै थिए।
 
बनारस बस्दा उनले गजल गाउनुका साथै सितारवादन सिके। बनारसका प्रसिद्ध सितारवादक पन्नालालबाट यिनले सितार बजाउन र गीत गाउन सिकेका थिए। त्यहीँबाट प्रभावित बनेर उनले नेपालमा गजल पनि भित्र्याए। 
 
शृंगारधाराका प्रवर्तक भए पनि उनको सिर्जनमा राष्ट्रप्रेम पनि आएको हुन्थ्यो। उनले लेखेका छन्-
 

अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा
यवन्ले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपाल्को मुलुक बचि कंचन् रहिगयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell