
बार्सिलिया : ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ।
पूर्वराष्ट्रपति डिल्मा रुसेफ भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यबाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आएका थिए। निलम्बित पूर्वराष्ट्रपति रुसेफको सट्टामा गत मे महिनादेखि राष्ट्रपति पद सम्हाल्दै आएका टेमरको पूर्ण कार्यकाल अब सन् २०१८ को अन्त्यसम्म रहनेछ।
नयाँ राष्ट्रपतिको निर्वाचन सँगसँगै निवर्तमान राष्ट्रपति रुसेफको संसदबाट औपचारिक रुपमा बहिर्गमन भएको छ। गत मे १२ मा कार्यवाहक राष्ट्रपति नियुक्त पाएदेखि टेमरले राष्ट्रिय महत्वका कुनै पनि परिवर्तनकारी निर्णय गरेका थिएनन्।
यद्यपि रुसेफले देशको अर्थतन्त्रमा तहसनहस पारेर छोडेको भनिएको अवस्थाउपर उहाँको यस कार्यकालमा तीन वटा सुधारका कार्यक्रम लागू गरिएको दाबी छ। पहिलो, मुलुकको बढ्दो मुद्रास्फिती नियन्त्रण गर्न अर्थविज्ञ समूहको गठन, दोस्रो मुलुकभित्र वैदेशिक लगानी भित्र्याउन गरिएको प्रयास र तेस्रोमा कर उठाउने तथा श्रम क्षेत्रमा गरिएको सुधारका प्रयासहरु व्यवस्थापन पर्दछन्।
सन् १९२० मा आप्रवासीको रुपमा टेमरका परिवार लेवनानबाट ब्राजिलमा बसाइँ सरी आएका थिए। टेमर साओपाउलो राज्यको टिटेमा सन् १९४०, २३ सेप्टेब्बर जन्मिएका हुन्। उनलाई सान पाब्लोस्थित फोन्टिफिकल क्याथोलिक युनिभर्सिटीले कानुन विधामा डाक्टरी उपाधि प्रदान गरेको छ। रासस/सिन्ह्वा