PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

बिदाइ खेलमा आँसु रोक्न सकेनन् बास्टियन स्वाइन्स्टाइगरले



पहिलोपोस्ट

बिदाइ खेलमा आँसु रोक्न सकेनन् बास्टियन स्वाइन्स्टाइगरले

यसअघि नै जर्मनी राष्ट्रिय फुटबल टीमबाट सन्यास घोषणा गरिसकेका बास्टियन स्वाइन्स्टाइगरले बुधबार जर्मनीका लागि आफ्नो करियरको अन्तिम खेल खेले। यो उनको फरेवेल गेम अर्थात् बिदाइ खेल थियो।
 
इंगलिस क्लब म्यानचेष्टर युनाइटेडका मिडफिल्डर स्वाइन्सटाइगरले फिनविरुद्ध बोरुसिया पार्कमा भएको खेलमा अन्तिम पटक जर्मनी राष्ट्रिय फुटबल टीमको आर्मब्याण्ड लगाएर खेले। खेल जर्मनीले २-० ले जित्यो, उक्त रात स्वाइन्स्टाइगरमय बन्यो।
 
आफ्नै लागि विशेष रहेको उक्त खेलमा उनी स्वयंले भने आँसु रोक्न सकेनन्। उनी निकै भावुक बनेका थिए। 
 
सन् २०१४ को विश्वकप फुटबल जित्दाको सदस्य समेत रहेका स्वाइन्स्टाइगरले जर्मनीका लागि १२१ क्याप जितेका छन्। फिनल्याण्ड विरुद्धको आफ्नो अन्तिम खेलमा उनी ६८ मिनेट मैदानमा रहे। उनलाई युलियन वेइगलले विस्थापन गरे। उनलाई जर्मन फुटबल संघले टीम प्लेअर लिडर र आइडल लेखिएको कोलाज प्रदान गरेको थियो। यसलाई स्वाइन्सटाइगरले वाचन समेत गरेका थिए।
 
३२ वर्षे स्वाइन्स्टाइगरले जर्मनीका लागि १२ वर्ष खेलेका थिए। बिदाइ खेलमा उपस्थित सबैलाई उनले धन्यवाद दिए। 'यहाँ आइदिनुभएकोमा सबैलाई धन्यवाद। म एकदमै धन्य अनुभव गरिरहेको छु,' उनले भने, 'हामी भविष्यमा एक-अर्कालाई फेरि भेट्नेछौं।'
 
बोरुसिया मोन्चेनग्लाडवाचकको मैदानमा स्वाइन्स्टाइएगरलाई 'गुडबाई' भन्दा करिब ३० हजार समर्थक उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell