PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

​बाटोमा जथाभावी फोहर फाल्ने २४ जना पक्राउ



पहिलोपोस्ट

​बाटोमा जथाभावी फोहर फाल्ने २४ जना पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले पुल्चोक क्षेत्रमा फोहोर फाल्ने २४ जनालाई पक्राउ गरेको छ। 

बिहान र राति जथाभावी फोहोर फालेर शहर कुरुप पार्नेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका ललितपुरका डिएसपी ईश्वर कार्कीले पहिलोपोस्टलाई जानकारी दिए। 

कार्कीले भने, ‘फोहोर फाल्नेलाई पक्राउ पर्ने हाम्रो काम कर्तव्य नभएपनि उपमहानगरपालिकाको अभियानमा हामीले साथ दिएका हौँ।‘ 

उपहानगरपालिकामा जनशक्तिको अभाव हुँदा यस्तो काम गरेको उनले जानकारी दिए। पक्राउ पर्नेहरुमा ललितपुरका विनोद विष्ट, कान्छा खड्गी, रविन्द्र पण्डित, सलिम खान, राकेश मालिक, राजन राई, भक्तबहादुर श्रेष्ठ, विजय खड्गी, दानबहादुर ताम्राकार लगायत रहेका छन्। 

प्रहरीले पक्राउ गरेका सबैलाई उपमहानगरपालिका ललितपुरसमक्ष बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell